काठमाडौँ । आज वर्षको अन्तिम मंगल चौथी । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा दर्शन गर्न दर्शनार्थीको भीड लागेको छ। यो वर्षको अन्तिम गणेश चतुर्थी नेपाल र भारतमा विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान् गणेशको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।
सनातनीहरूले भगवान् गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छन् । साथै विद्या, वुद्धि, समृद्धि र सौभाग्यका देवता पनि यिनै गणेशलाई नै मानिन्छ ।