-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सुनकोशी वाङ्मय प्रतिष्ठानले कविता वाचन कार्यक्रम गरेर विश्व कविता दिवस मनायो ।
उक्त कविता वाचन कार्यक्रममा कविहरू विमल भौकाजी, छविरमण सिलवाल, हरिष कल्पित, सुमन सौरभ, प्रदीप सापकोटा, तारा केसी, प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्य लगायतले आ–आफ्ना रचनाहरू सुनाए ।
वाचित रचनाहरू समसामयिक विकृति र विसंगतिविरुद्ध ल्यङ्ग्यसहित प्रेम, सद्भाव, भावनात्मक विषयप्रति लक्षित थिए ।
कार्यक्रमका प्रमुख अतिथि भौकाजीले लेखेर लेखिने चीज सबै कविता नभएको भन्दै मनका कुरा प्रष्फुटन गर्ने उपयुक्त माध्यम कविता भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष सिलवालले कार्यक्रमको अध्यक्षता गर्दै प्रतिष्ठान र यसका गतिविधिहरुबारे जानकारी दिँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।
महासचिव सापकोटाले सञ्चालन गरेको उक्त कविता वाचन कार्यक्रममा इखवर नेटका प्रबन्ध निर्देशक बसन्तराज नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।