एनआईसी एसिया बैङ्कद्वारा नयाँ वर्ष २०८२ को डिजिटल पात्रो सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
521
Shares
काठमाडौँ। एनआईसी एसिया बैङ्क लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८२ को अवसरमा डिजिटल पात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ। बैङ्कले सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई नयाँ आशा, भरोसा र उमङ्ग प्रदान गरोस् भन्ने शुभेच्छासहित आधुनिक तथा सुविधाजनक डिजिटल पात्रो उपलब्ध गराएको जनाएको छ।
उक्त डिजिटल पात्रोमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लिखित बिदाहरू, चाडपर्व, महत्त्वपूर्ण दिवसहरू, पञ्चाङ्ग तिथिहरू लगायतका जानकारी समावेश गरिएका छन्। साथै, बैङ्कका विभिन्न उत्पादन तथा सेवाहरू सम्बन्धी जानकारी र बैङ्कका नयाँ भवनहरू का तस्बिरहरू समेत समावेश गरिएको छ। यस पात्रोलाई वाल तथा टेबल पात्रोको रूप मा डिजाइन गरिएको छ, जुन बैङ्कको आधिकारिक वेबसाइटमार्फत सजिलै डाउनलोड गर्न सकिन्छ।
डिजिटल पात्रो डाउनलोड गर्न, बैङ्कले आफ्नो आधिकारिक वेबसाइट www.nicasiabank.com/e-calendar मा डिजिटल पात्रो उपलब्ध गराएको छ, जहाँबाट ग्राहकहरूले सहजै डाउनलोड गर्न सक्नेछन्।