arrow

उपत्यकाको सुरक्षा व्यवस्था कडा

गणतन्त्रवादी र राजतन्त्रवादीको प्रदर्शन, चोकहरूमा प्रहरीको बाक्लो उपस्थिति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
nepal-police.jpg
तस्बिर फाइल

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा गणतन्त्रवादी र राजतन्त्रवादी समूहले फरक–फरक स्थानमा शक्ति प्रदर्शन गर्दैछन्। यसलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यका अनुसार काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ। 

उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी गरिएको छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार राखिएको छ।

समाजवादी मोर्चा नेपालले गणतन्त्रको पक्षमा काठमाडौँको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ भने राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन्। 

दुवै समूहको प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ।

दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ