arrow

दमक आदिवासी जनजाति महोत्सवमा कला र संस्कृतिको संयोजन [फोटोफिचर]

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ चैत २४ आइतबार
damak-mahotsav-2081.jpg

दमक । झापाको दमकमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव २०८१ शुरू भएको छ । दमक नगरपालिका वडा नं ७ स्थित सयपत्री टोलमा आयोजित महोत्सव आगामी बैशाख १ गतेसम्म सञ्चालन हुने भएको छ ।

 नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले जनाए अनुसार महोत्सवस्थलमा कला र संस्कृतिको अनुपम संयोजन गरिएको छ । साथै महोत्सव स्थलमा विभिन्न जातीय परिकारसमेत ब्यवस्थापन  गरिएको छ । 

साथै  जनजातिका घरहरु, हस्तकलाका विभिन्न सामग्रीहरुकोसमेत प्रदर्शनी गरिएको छ । आदिवासी जनजाति प्रतिष्ठानकी उपाध्यक्ष रेशम गुरुङले उद्घाटन गरेको उक्त महोत्सव आगामी बैशाख १ सम्म चल्ने महोत्सव उद्घाटनमा प्रतिष्ठानका सचिव मल राजवंशीले जानकारी दिए ।
 
महोत्सवलाई थप आकर्षण बनाउन प्रत्येक दिन साँझ राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त  कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहँदै आएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

damak-janajati-mahotsav-2081 (1).jpeg
damak-janajati-mahotsav-2081 (2).jpeg
damak-janajati-mahotsav-2081 (3).jpeg
damak-janajati-mahotsav-2081 (4).jpeg
damak-janajati-mahotsav-2081 (5).jpeg
damak-janajati-mahotsav-2081 (6).jpeg
damak-janajati-mahotsav-2081 (7).jpeg
damak-janajati-mahotsav-2081 (8).jpeg
damak-janajati-mahotsav-2081 (9).jpeg
damak-janajati-mahotsav-2081 (10).jpeg
damak-janajati-mahotsav-2081 (11).jpeg
damak-janajati-mahotsav-2081 (12).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ