arrow

तीनकुने घटनामा संलग्न थप दुई पक्राउ, अहिलेसम्म पुगे ७४

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
clashes-tinkune-pro-mornarcy-portest-(3).jpg

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १५ गते तीनकुने क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।
 
पक्राउ परेकालाई अपराधिक उपद्रव कसूरअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।

यसअघि दुई दिनअघि छ जनालाई पक्राउ गरिएको थियो । अहिलेसम्म ७४ जना पक्राउ परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ