arrow

संसदमा एक स्थान रिक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधि सभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान रिक्त हुन आएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् । 

सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ