arrow

गाउँमा आक्रमण हुँदा कम्तीमा ५१ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
nigeria_violence.png

काठमाडौँ । नाइजेरियाको प्लेटो राज्यमा आइतबार राति अज्ञात समूहले दुई गाउँमा आक्रमण गर्दा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । रेडक्रसले दिएको जानकारी अनुसार २२ जना घाइते भएका छन् र पाँचवटा घरहरू जलेका छन् ।

आक्रमण बास्सा जिल्लाको जिके र किमाक्पा गाउँमा भएको हो । केही दिन अघि मात्रै सोही राज्यको अर्को क्षेत्रमा यस्तै आक्रमणमा ४८ जनाको ज्यान गएको थियो ।

एक स्थानीय बासिन्दाले भने, “हामीलाई नचिनेका व्यक्तिहरू आएर गोली चलाउन थाले । धेरै मानिस मारिए ।”

प्लेटो राज्यमा किसान र गोठालाबीचको भूमिसम्बन्धी झगडा तथा जातीय र धार्मिक मतभेदका कारण यस्ता हिंसात्मक घटना भइरहन्छन् ।

राज्य सरकारले यस घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ