फोर नेसन्स कप बक्सिङमा चार स्वर्णसहित नौ पदक लिएर फर्कियो टोली [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
634
Shares
काठमाडौँ । भुटानको थिम्पुमा फोर नेसन्स कप बक्सिङ च्याम्पियनशिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ ।
नौ पदक लिएर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । स्वागतको लागि बक्सिङ संघका पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।
महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले आधारमा हराउदै नेपाललाई दोस्रो स्वर्ण दिलाईन् ।
त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पछि पार्दै स्वर्ण जितिन् । पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्ण कैलाश राईलाई ५–० अंकको हराउँदै स्वर्ण जिते ।
यस्तै पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसंग ४–१ अंकले पराजित हुँदै दोस्रो भए । पुरुष ५४ केजीमा चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३–२ अंक प्राप्त गरी रजत जिते ।
महिला ४८ केजीमा रमिशा श्रेष्ठले र बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पा पुरुष ६० केजीमा कांस्य पदक जिते भुटान बक्सिङं संघको निमन्त्रणामा प्रतियोगिता खेल चैत्र २९ देखि ३१ सम्म सञ्चालक गरिएको थियो खेलमा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भएको हो भने भुटान पहिलो भयो ।