आतंकवादीलाई तीस वर्षदेखि तालिम दिइरहेको स्वीकारे पाकिस्तानी रक्षामन्त्री आसिफले
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
2.3k
Shares
काठमाडौँ । पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तानले ३० वर्षदेखि आतंकवादीलाई समर्थन गरिरहेको खुलासा गरेका छन् ।
उनले तीस वर्षदेखि आतंकवादीलाई समर्थन सँगसँगै उनीहरुलाई तालिमसमेत दिइरहेको बताएका हुन् । उक्त काम अमेरिका र पश्चिमी देशका लागि गरिरहेकोसमेत आसिफले बताएका छन् ।
शुक्रबार बेलायती अखबार द स्काइलाई दिएको अन्तर्वार्तामा यो खुलासा गरेका हुन् । बेलायती संचारकर्मी यल्दा हकिमले पाकिस्तानी आतंकवादी गुटको गतिविधिका लागि जिम्मेवार को हो ? भनी सोधेको प्रश्नमा मन्त्री आसिफले वैश्विक शक्तिहरुले आफ्नो हितका लागि पाकिस्तानको प्रयोग गरेको बताएका हुन् ।
उनले आतंकवादीलाई समर्थन गर्नु र तालिम दिनु पाकिस्तानको ठूलो भुल भएकोसमेत स्वीकार गरेका छन् ।
उनले पाकिस्तानले यसको सजाय भोगिरहेकोसमेत बताएका छन् । उनले भारत र पाकिस्तान दुवै देशसँग परमाणु रहेकाले विश्वले चिन्तित हुनुपर्ने बताएका छन् ।
तर उनले भारतले आक्रमण गरे त्यसको जवाफ दिने चेतावनी दिएका छन् । भारतस्थित जम्मू–कश्मीरमा आतंकवादी समूह लश्कर–ए–तैयबाले गत मंगलबार नाम सोधी सोधी २७ हिन्दूधर्मीलाई गोली हानेर मारेपछि पाकिस्तानको रुप छर्लङ्ग भएको हो ।