arrow

आगलागीमा परेर चार वर्षीय बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
aaglagi-dhading-picby-rajaram-sharma.jpg
फाइल तस्बिर

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धुर्कोट-१ आखररुखका चार वर्षीय विवेक नेपाली छन् । गोठमा आगलागी हुँदा विवेकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

“आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन्, बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो”, धुर्कोट-१ का वडाध्यक्ष चेतमान कुँवरले भने ।

आगलागीबाट ढुङ्गा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ