arrow

संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
parliament-building-new-ban.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेदेखि संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्न लागेको हो । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरुको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–८०, २०८०–८१ पेश गर्नेछ्न् ।

उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ