काठमाडौंको मखनटोलमा ग्यास चुहिएर आगलागी, एक महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
577
Shares
काठमाडौं ।काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर भएको आगलागीमा परी एक जना महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चार तले घरमा ग्यास चुहिएपछि आगलागी भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। प्रवक्ता बोहराले भने, “ग्यास लिक हुँदा आगलागी भएको छ। मृतकको शव फेला परेको छ। सनाखत हुन बाँकी छ। आगो निभाउने प्रयास जारी छ।”
आगलागीबाट दयाराम श्रेष्ठको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगो सल्किएको छ। आगलागी नियन्त्रणका लागि दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेको छ।