arrow

भारत–पाक तनावले स्थगित आईपीएल आजबाट निरन्तर, बैंगलुरु र कोलकाता भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३ शनिबार
ipl-2025-kohli-salt.jpg
तस्बिर – फाइल ।

काडमाडौँ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग आईपीएल आजबाट पुनः निरन्तर हुँदैछ । आतंककारी समूहले जम्मू–कश्मीरको पहलगाममा एक नेपालीसहित २६ हिन्दूधर्मीको नाम र धर्म सोधेर गरेको हत्याको जवाफमा भारतले  मे ७ तारिखमा अपरेशन सिन्दूर शुरू गरेपछि तनावको बीचमा गत साता जारी खेल रोकिएको थियो ।

भारत र पाकिस्तानबीच तनाव ब्यवस्थापन भइ युद्धविराम भएपछि पुनः आईपीएलका खेल शुरु हुन लागेका हुन् । 

आजको खेल रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच हुनेछ । बेलुकी पौने ८ बजे हुने खेल बैंगलुरुमा हुनेछ । 

यो खेल जित्दा बैंगलुरु दुई खेलअघि नै प्लेअफमा पुग्नेछ । कोलकाता जित्दा प्लेअफको झिनो सम्भावना जिवितै राख्नेछ । 

हारले भने कोलकाता एक खेलअघि नै प्लेअफ होडबाट बाहिरिनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ