भारत–पाक तनावले स्थगित आईपीएल आजबाट निरन्तर, बैंगलुरु र कोलकाता भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३ शनिबार
602
Shares
तस्बिर – फाइल ।
काडमाडौँ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग आईपीएल आजबाट पुनः निरन्तर हुँदैछ । आतंककारी समूहले जम्मू–कश्मीरको पहलगाममा एक नेपालीसहित २६ हिन्दूधर्मीको नाम र धर्म सोधेर गरेको हत्याको जवाफमा भारतले मे ७ तारिखमा अपरेशन सिन्दूर शुरू गरेपछि तनावको बीचमा गत साता जारी खेल रोकिएको थियो ।
भारत र पाकिस्तानबीच तनाव ब्यवस्थापन भइ युद्धविराम भएपछि पुनः आईपीएलका खेल शुरु हुन लागेका हुन् ।
आजको खेल रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच हुनेछ । बेलुकी पौने ८ बजे हुने खेल बैंगलुरुमा हुनेछ ।
यो खेल जित्दा बैंगलुरु दुई खेलअघि नै प्लेअफमा पुग्नेछ । कोलकाता जित्दा प्लेअफको झिनो सम्भावना जिवितै राख्नेछ ।
हारले भने कोलकाता एक खेलअघि नै प्लेअफ होडबाट बाहिरिनेछ ।