काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (जेठ ७ गते)का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तोकेअनुसार तरकारी र फलफूलको थोक मूल्य निम्नानुसार छ:
तरकारीतर्फ:
गोलभेँडा: ठूलो (नेपाली) रु ४०, ठूलो (भारतीय) रु ६०, सानो (लोकल) रु ५५, सानो (टनेल) रु ६५, सानो (भारतीय) रु ५० (प्रतिकिलो)
आलु: रातो रु ४०, रातो (भारतीय) रु ३८ (प्रतिकिलो)
प्याज: सुकेको (भारतीय) रु ३८ (प्रतिकिलो)
गाजर: (लोकल) रु ५०, (तराई) रु ३० (प्रतिकिलो)
बन्दा: (लोकल) रु १५, रातो रु ५० (प्रतिकिलो)
काउली: (स्थानीय) रु ३०, ब्रोकाउली रु ७० (प्रतिकिलो)
मुला: रातो रु ३५, सेतो (लोकल) रु १५, सेतो (हाइब्रिड) रु ३०, गान्टे मूला रु ४० (प्रतिकिलो)
भन्टा: लाम्चो रु ३०, डल्लो रु २५ (प्रतिकिलो)
बोडी: तने रु ७०, मकै रु ५० (प्रतिकिलो)
अन्य: मटरकोसा रु ९५, घिउ सिमी (लोकल/हाइब्रिड) रु ४०, राजमा रु १००, भटमास कोसा रु १००, तितो करेला रु २५, लौका रु २०, परबर (लोकल/तराई) रु ६०, चिचिण्डो रु ३५, घिरौला रु ४०, झिगुनी रु ६०, फर्सी पाकेको रु ५०, फर्सी हरियो (लाम्चो) रु ३५, हरियो फर्सी (डल्लो) रु २०, भिण्डी रु २५ (प्रतिकिलो)