arrow

असिनापानीले स्याउ र अन्नबालीमा ठूलो क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
apple-plant.jpg

जुम्ला । शुक्रबार साँझ परेको असिना सहितको भीषण वर्षाले जुम्लाको तिला गाउँपालिका-९ मा स्याउ बगैँचा र अन्य बालीनालीमा व्यापक क्षति पुर्‍याएको छ। 

विशेषगरी राँस, मालपानी, खोप्री र ढिपु गाउँका गहुँ, जौ, आलु, सिमी लगायतका बालीनालीका साथै स्याउ र ओखरमा समेत असिनाले ठूलो नोक्सानी गरेको छ।

वडाध्यक्ष धनबहादुर रावतका अनुसार, झन्डै आधा फिटसम्म असिना परेको थियो जसले पाकेका बाली खेतबारीमै झारेर सिमी, आलु, मकै, फापर लगायतका बालीहरू पूर्ण रूपमा नष्ट गरेको छ। 

असिनाले राँसका ११० र मालापानी गाउँका ६८ घरधुरी प्रभावित भएका छन्। वडाध्यक्ष रावतले प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र प्रशासनसँग पहल भइरहेको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ