arrow

पहाडी भूभागमा बदली, मेघगर्जनसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै, कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज (बिहीबार) देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा, देशको पहाडी भू-भागका थोरै स्थानहरूमा, र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

राति पनि कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली कायम रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ