arrow

देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव: यस्तो रहनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। योसँगै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव देखिएको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार, कोशी प्रदेशका केही स्थानमा साथै अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात को पनि सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहनेछ।

कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात को सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ