राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार, अवस्था गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
1.6k
Shares
काठमाडौँ । दक्षिण अमेरिकी देश कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरीबेलाई चुनाव प्रचारका क्रममा गोली हानिएको छ। उनको अस्पतालमा उपचार भइरहेको छ र अवस्था नाजुक बनेको छ। यो घटना स्थानीय समयअनुसार शनिबार साँझ भएको हो।
उरीबे राजधानी बोगोटामा एक र्यालीलाई सम्बोधन गरिरहेका थिए। कोलम्बियामा सन् २०२६ मा राष्ट्रपति चुनाव हुँदैछ । मिगुएल उरीबे राष्ट्रपति पदका प्रमुख दाबेदार मानिन्छन्। ३९ वर्षीय उरीबे विपक्षी सेन्ट्रो डेमोक्रेटिको कन्जरभेटिभ पार्टीका सदस्य हुन्।
पार्टीले एक विज्ञप्ति जारी गर्दै उरीबेलाई सम्बोधनका क्रममा आक्रमणकारीले ढाडमा गोली हानेको थियो। बोगोटाका मेयर कार्लोस गलानले यो हमला शहरको फोतिबोन इलाकामा भएको बताए।
उरीबेको अवस्थालाई मध्यनजर गर्दै शहरभरका अस्पतालहरूलाई सतर्क अवस्थामा राखिएको छ।