अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित, यी हुन् अन्य पदाधिकारी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
646
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा विजयी भएका हुन्।
निर्वाचन समितिले दिएको जानकारीअनुसार, डा. कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी प्रकाश पौडेलले ७२५ मत पाएका थिए।
अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै, महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी चुनिएका छन्।
सचिव पदमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित हुँदा, आयोग अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे र जितप्रसाद सिटौला निर्वाचित भएका छन्।