रवि लामिछानेविरुद्ध पर्सामा पनि मुद्दा दर्ता, पाँच करोड बिगो मागदाबी [विवरणसहित]
को को हुन् रविसँगै मुद्दा लागेका बाँकी २८ जना ?
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराधमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा पर्सामा पनि मुद्दा दर्ता भएको छ ।
पर्साको सानो पाइला सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको अभियोगमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनीसहित २९ जनालाई प्रतिवादी बनाइएको मुद्दामा सानो पाइलाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ ।
पूर्वसञ्चालक तथा संरक्षक जीबी राई रहेको सानो पाइला सहकारीका करिब ८ सय बचतकर्ता रहेका छन् ।
प्रहरीले गत वैशाख १४ गते नै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाए पनि मुद्दा दर्ता गर्न ढिलो गरी भएको हो ।
लामिछाने हाल रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा छन् ।
उनीमाथि पाँच ओटा सहकारीमा ठगी गरेको मुद्दा भएको छ ।