काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनले बढेको नयाँ खरिद मूल्य पठाएपछि नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा मट्टितेल र डिजेलमा समान २ रुपैयाँ बढेको निगमले जनाएको छ ।
अन्यको भाउ भने यथास्थितिमै रहेको छ । बढेको मूल्य आइतबार मध्यरातिपछि लागू हुनेछ ।