-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । स्वदेशमा उत्पादित आँपको प्रवर्द्धन गर्नका लागि आयोजित आठौँ म्याङ्गो राइडमा सहभागी राइडरहरु लहानस्थित नागेन्द्र महतोको आँप फार्ममा बोटबाटै टिपेर आँपको आनन्द लिएका छन् ।
द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा करिब ८० वटा बाइकमा गएका १२० जनाको टिमले २८०० किलो आँप प्रतिकिलो ६० रुपैयाँमा पनि किनेका छन् ।
सो म्याङ्गो राइडमा सहभागीहरुले कुल ७१५ किलोमिटरको यात्रा तय गर्दै स्थानीय तहमा उत्पादित आँपको प्रवर्द्धन तथा व्यापारमा सहयोग पुर्याएका छन् ।