काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकै दिन सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँ घटेको छ ।
बिहीबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको थियो ।मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ८९ हजार चार सय रुपैयाँ कायम भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
तर आज असली चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।