arrow

एकैदिन २९ सय रूपैयाँ घट्याे सुनकाे भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकै दिन सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँ घटेको छ ।

बिहीबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको थियो ।मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ८९ हजार चार सय रुपैयाँ कायम भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

तर आज असली चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ