काठमाडौँ । ४० औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा काठमाडौँमा भएको छ । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित रथयात्रा कमलादीबाट शुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, एनएसी, न्यूरोड हुँदै बसन्तपुर, फेरि न्युरोड हुँदै टुँडिखेलमा समापन भएको छ ।
रथयात्रासँगै भगवान् जगन्नाथलाई १ सय ८ परिकार चढाइएको थियो । भारतको जगन्नाथ पुरीमा पनि आजकै दिन विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ।
चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन् । यी चार धामलाई सत्य, द्वारपर, त्रेता र कली युगका रुपमा समेत हिन्दू धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।