arrow

नेदरल्याण्ड्समा तीन वर्ष यताकै गर्मी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
hot-day-children-2024.jpg

काठमाडौँ । नेदरल्याण्ड्स तीन वर्षमा पहिलो पटक 'आधिकारिक गर्मीको लहर'बाट प्रभावित भएको छ। यसका कारण रोयल नेदरल्याण्ड्स मौसम विज्ञान संस्थानले देशको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक गर्मीका लागि ओरेन्ज कोड अलर्ट जारी गरेको छ।

उट्रेच्ट प्रान्तमा अवस्थित राष्ट्रिय सन्दर्भ मौसम स्टेशन डे बिल्टमा बिहीबार बिहान ११:२० बजे स्थानीय समयअनुसार तापक्रम ३० डिग्री सेल्सियस नाघेको छ। यो लगातार पाँचौँ दिन उच्च तापक्रमको रेकर्ड हो।

सन् १९०१ मा राष्ट्रिय तापक्रम रेकर्ड सुरु भएदेखि नेदरल्याण्ड्समा यो ३१ औँ आधिकारिक गर्मीको लहर हो। डे बिल्टमा रेकर्ड गरिएको सबैभन्दा लामो गर्मीको लहर सन् १९७५ मा जुलाई २९ देखि अगस्ट १५ सम्म १८ दिनसम्म चलेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ