arrow

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर रोहितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
rautahat-new-2025-district.jpg

रौतहट । रौतहटमा आज बिहान करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं २, शितलपुरका ३० वर्षीय रोहित साह सोनार छन् । 

बिहान ७ः१५ बजे आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। 
घाइते रोहितलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा लगिएको थियो ।

उनको उपचारकै क्रममा बिहान करिब ८ बजे मृत्यु भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए । मृतकको शव हाल प्रादेशिक अस्पतालमै राखिएको  छ ।

घटनाबारे जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको टोली खटिएको थियो ।

घटनास्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा रहेकाे र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ