arrow

रास्वपाले रूपन्देही–३ उपनिर्वाचनको उम्मेदवार छनोट विधि आइतबार टुङ्ग्याउने [भिडियो]

गृह मन्त्रीको राजीनामाको माग कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
kabindra-burlakoti-.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि आगामी आइतबारको सचिवालय बैठकबाट टुङ्ग्याउने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनले उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्ने प्रस्तावमाथि व्यापक छलफल भएको र बैठकमा प्राप्त सुझावका आधारमा उम्मेदवार छनोट कार्यविधि टुङ्ग्याइने बताए।

बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग कायमै राख्ने निर्णय पनि गरेको छ। महामन्त्री बुर्लाकोटीले छानबिन प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान पुनः दोहोर्‍याएको बताए।

यस्तै, बैठकले संसदको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी प्रक्रियामा भएको हेरफेरलाई बदमासीपूर्ण र संसदको सार्वभौमिकतामाथि गम्भीर प्रहार भएको टिप्पणी गरेको छ। पार्टीले विधेयकको 'कुलिङ अफ पिरियड' मा गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै सो प्रक्रियामा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग पनि गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ