arrow

एकीकृत समाजवादीको सचिवालय बैठकः नेताहरु बोल्ने क्रम सकियो, मंगलबार पुनः बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको अर्को बैठक आगामी मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। आइतबार बसेको बैठकमा नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न मंगलबारको लागि बैठक सारिएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिएका छन्।

उपाध्यक्ष ज्वालाका अनुसार आइतबारको बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माण लगायतका विषयमा आफ्ना विचारहरू राखेका थिए।

बैठकमा सरकारको कार्यसम्पादनको विषयमा पनि छलफल भएको उनले बताए। ज्वालाले सरकारसँग जनता अत्यन्त निराश रहेको र केही अपेक्षा पनि नराखेको टिप्पणी गरे।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको पतञ्जली जग्गा प्रकरणबारे छलफल हुने बताइए पनि उपाध्यक्ष ज्वालाले यसबारे स्पष्टीकरण दिएका छन्। उनले बैठकमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको विषयमा कुनै छलफल नभएको पनि स्पष्ट पारे।

ज्वालाले भने, "कुनै व्यक्ति विशेषको बारेमा हाम्रो बैठकमा एजेन्डा बनेको छैन। पार्टी सचिवालयको बैठकमा राष्ट्रिय राजनीति, समसामयिक विषयवस्तुहरूमा, आन्दोलनका विषयमा, संगठनात्मक विषयका एजेन्डाहरू छन्। ती एजेन्डाहरूमा केन्द्रित भएर नेताहरूले आ–आफ्ना धारणाहरू राखेका छन्।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ