arrow

जसपा नेपालसँग सम्बन्ध सुधार्न ओली र देउवासहित तीन दलका नेताबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
uml-congress-jasapa-nepal-8.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएपछि गठबन्धनलाई बलियो बनाउन सो दलसँग छलफल भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ