arrow

तोलामा १३ सय रुपैयाँ घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदीको तोलामा १५ रुपैयाँ घटेको हो । 

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

सुनको भाउ सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँ रहेकोमा मंगलबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भएको थियो । 

यता, मंगलबार प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर प्रतितोला दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ