-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदीको तोलामा १५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँ रहेकोमा मंगलबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भएको थियो ।
यता, मंगलबार प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर प्रतितोला दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।