पूर्वराष्ट्रपतिले कुनै राजनीतिक दलमा आवद्ध हुनु उचित हुँदैन - अर्थमन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
787
Shares
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किनु उचित नहुने बताएका छन्। उनले राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्तिले कुनै राजनीतिक दलमा आवद्ध हुनु नहुने एमालेको निर्णय रहेको जानकारी दिएका छन्।
पौडेलले भने, "राष्ट्रपति गणतन्त्रको शान हो। उहाँ एउटा पार्टीको नभई सिंगो राष्ट्रको राष्ट्रप्रमुख हुनुभयो।" उनले संविधानको रक्षा र संरक्षण गर्ने अभिभारा वहन गरेर सेवानिवृत्त भएको व्यक्तिले सिंगो राष्ट्रकै अभिभावकको भूमिकामा रहनु उचित हुने बताए। यसकारण, पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण हुन नसक्ने पनि उनले स्पष्ट पारे।
यसैगरी, उनले पार्टीमा ७० वर्षे उमेर हद राख्न जरुरी नरहेको धारणा पनि व्यक्त गरेका छन्।