प्रधानमन्त्री ओलीको दाबी: आर्थिक वर्षमा निर्यातले इतिहासकै उच्च विन्दु चुम्यो
नेपालले कुल २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
504
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातले इतिहासकै सबैभन्दा उच्च विन्दु हासिल गरेको बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत उनले नेपालले कुल २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको जानकारी दिएका हुन्।
उनका अनुसार, आफू प्रधानमन्त्री हुनुअघिको अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र थियो। गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले निर्यात बढेको उनको भनाइ छ।