प्रधानमन्त्री ओलीले गरे तराई–मधेसको खडेरीग्रस्त क्षेत्रको अवलोकन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
847
Shares
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेसको खडेरीग्रस्त क्षेत्रको अवलोकन गरेका छन्। सरकारले यही साउन ७ गतेको मन्त्रिपरिषद् बैठकबाट तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।
वर्षाको समयमा पनि पानी नपरेपछि धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। यस समस्याको समाधानका लागि प्रधानमन्त्री ओलीले यसअघि नै सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पदाधिकारीहरू र उच्च अधिकारीहरूसँग छलफल गरिसकेका छन्।
प्रधानमन्त्री ओली आजै महोत्तरी र बाराका विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुनेछन्।