साउनको दोस्रो सोमबार सुन्दरीजलमा बोल बम भक्तजनको घुइँचो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
641
Shares
काठमाडौं । साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज हजारौँ बोल बम भक्तजनहरू सुन्दरीजलमा भेला भएका छन्। परम्पराअनुसार, भक्तजनहरूले बागमती नदीको किनारस्थित सुन्दरीजलमा स्नान गरी शुद्ध वस्त्र धारण गरेर त्यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर अर्पण गर्नेछन्।
आजको बोल बम यात्रा बोल बम काँवरिया सङ्घ र सनातन युवा मञ्च नेपालले आयोजना गरेका हुन्। प्रहरी प्रभाग सुन्दरीजलका अनुसार, यस यात्रामा करिब १० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले राष्ट्रिय समाचार समितिलाई जानकारी दिँदै साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनहरूका लागि आज बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको बताए।