अमेरिकी राष्ट्रपतिको अस्पतालमा बन्दुकधारीको हल्लापछि...
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
1.7k
Shares
काठमाडौँ।अमेरिकी सैनिक र राष्ट्रपतिको उपचार हुने मेरिल्यान्डको वाल्टर रीड अस्पताल बिहीबार केही समयका लागि बन्द गरिएको थियो। अस्पतालमा एक बन्दुकधारी छिरेको हल्लापछि आपतकालीन अवस्था घोषणा गरिएको थियो।
मोन्टगोमरी काउन्टी प्रहरीले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार, प्रहरीले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि स्थिति सामान्य भएको थियो र आपतकालीन अवस्था हटाइएको थियो।
यसअघि, अस्पतालको व्यवस्थापन हेर्ने नेभी युनिटले 'सक्रिय आक्रमणकारी'को रिपोर्टबारे सुरक्षा प्रतिक्रिया दिइरहेको र अस्पतालका गतिविधिमा अवरोध आएको बताएको थियो।
वालटर रीड मेडिकल सेन्टर एक विशाल अस्पताल हो जहाँ घाइते सैनिकहरूको उपचार गरिन्छ। साथै, यसलाई अमेरिकी राष्ट्रपतिहरूको उपचार र उनीहरूको वार्षिक स्वास्थ्य परीक्षणका लागि पनि प्रयोग गरिन्छ।