रविन्द्रले रचे इतिहास, म्याट्रिक्स फाइट नाइट जित्ने पहिलो नेपाली खेलाडी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
14k
Shares
काठमाडौँ । कुनै नेपाली खेलाडीले पहिलो पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका छन् । एमएमए फाइटर रविन्द्र ढाँटले साविक विजेता चोङ्गरेन्ग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
भारतको नोएडामा शनिबार भएको बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा बनाउन सफल भएका हुन् ।
ढाँटको यो व्यावसायिक करिअरको नवौँ खेल हो जहाँ उनले आठ खेल जितेका छन् । उनले यो उपाधि प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन् ।
दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल वारियर्स च्याम्पियनशिप (एनडब्लुसी) का संस्थापक पनि हुन् ।