दोस्रो संस्करणको एनपीएल अक्सनमा एक सय ५० खेलाडी, शनिबार अक्सन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
607
Shares
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) टी–२० फ्रेन्चाइएज क्रिकेटको खेलाडी छनोटका लागि हुने अक्सनमा १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेको सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपीएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ ।
ती खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । यसमा श्रेणी ए मा आठ खेलाडी परेका छन् । यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।
त्यस्तै श्रेणी बी मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी सी मा १०७ जना खेलाडी छन् ।
यही साउन २४ गते शनिबार अक्सन हुने क्यानले जनाएको छ ।