काठमाडौँ । काठमाडौँ उपत्यकामा मनाइने विभिन्न जात्रा तथा पवर्हहरु गाईजात्रा र रोपाइँ जात्रा पनि एक हो । सोही अवसरमा बौद्धमा रोपाइँ जात्रा मनाइएको छ ।
आइतबार घिनतिङना आयोजना गरिएको बौद्धमा सोमबार रोपाइँजात्रा सँगसँगै र्यालीसमेत निकालियो ।
रोपाइँजात्रामा हलगोरु, बाउसे, रोपार लगायत विभिन्न हाँस्य, व्यङ्ग्य तरह लाखे नाचसमेत प्रस्तुत गरियो ।
बौद्ध स्तुप परिक्रमा गरेर शुरु गरिएको रोपाइँजात्रा बौद्ध फूलबारी, बौद्ध गेट, बौद्ध पिपलबोट मूल सडक, बौद्ध टुसाल, बौद्ध गेटसम्म परिक्रमा गरेको थियो ।
बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा (घोनाइ) सो क्षेत्रको पहिचानका रूपमा प्रसिद्ध छ ।
यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपार, बाल लाखे, युवा लाखे, झाँकीलगायत विभिन्न विधामा प्रतिस्पर्धीलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिले जनाएको छ ।