एकीकृत समाजवादीद्वारा नेता तथा कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
466
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न निर्देशन दिएको छ।
पार्टीलाई आँच पुग्ने खालका अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि पार्टीले आग्रह गरेको छ। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीका निर्णयहरूप्रति कुनै सुझाव वा फरक मत भएमा आफ्नो संगठित कमिटीको बैठकमा राख्न आग्रह गरेका छन्।
उनले भने, "पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु।"