जनतालाई सहज सेवा प्रवाह सरकारको दायित्वः प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
760
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज सेवा प्रवाह गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यो कुरामा जोड दिएका हुन्।
प्रधानमन्त्री ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सेवा दिनु सरकारको जिम्मेवारी हो भने।