काठमाडाैँ। नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय र चाँदीको १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९६ हजार आठ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, असली चाँदी प्रतितोला दुई हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी बुधबार दुई हजार तीन सय २५ रुपैयाँका कारोबार भएको थियो ।