arrow

शिवसताक्षीमा बस दुर्घटना हुँदा ११ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
accident-final.jpg

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० किरात चोकस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शुक्रबार दिउँसो कुन्जिबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

उनका अनुसार घाइते हुनेमा झापा बिर्तामोड-३ की ५३ वर्षीया सुमित्रा कडरिया, ७० वर्षीया डिकमाया खतिवडा, ५० वर्षीया रूपादेवी उप्रेती, बाह्रदशी-४ की ४० वर्षीया अस्मिमा खातुन, उनकी छोरी १३ वर्षीया सावरी खातुन, ३५ वर्षीया सफिना खातुन, उनका सात वर्षीय छोरा इसाफ आलम, तीन वर्षीय छोरा फरियाफ आलम, शिवसताक्षी-४ की ३६ वर्षीया निर्मला काफ्ले, ३४ वर्षीया तुलसा गौतम र उनका ११ वर्षीय छोरा नितेश गौतम छन् ।

सफिना खातुन गर्भवती रहेको र उनको अवस्था मध्यम देखिएको प्रहरीले जनाएको छ । अन्य सबै घाइते सामान्य छन् । उनीहरूलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ ।

बस चालक मोरङ उर्लाबारी नगरपालिका-४ का ५६ वर्षीय मोहनलाल राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ