arrow

टिपर पल्टिएर तमोरमा खस्दा एक जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
accident-final.jpg

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा सोमबार दिउँसो टिपर पल्टिएर तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तनहुँको शुक्लागण्डकी गाउँपालिका वडा नं ४ का २४ वर्षीय सुदीप सुवेदी छन् । तमोर करिडोर सडकखण्डमा ‘तमोर-५ हाइड्रोपावर’को ग१क ६३१८ नम्बरको टिपर मर्मत गरी परीक्षण गर्ने क्रममा पल्टिएर नदीमा खस्दा सोही हाइड्रोपावरमा मेकानिकका रुपमा काम गर्दै आएका सुवेदी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिपर खसेको जानकारी हुनासाथै प्रहरीको टोली घटनास्थलमा गइ खोजी गरेको तर फेला नपरेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । 

उनका अनुसार टिपर भने नदीमा डुबेको अवस्थामा छ । बेपत्ता सुवेदीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ