देशभर बदली, पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
593
Shares
काठमाडौँ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यसको प्रभावले देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रका केही स्थान र तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी, राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा केही स्थानहरूमा मध्यम वर्षा हुनेछ।
महाशाखाले वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।