मिथिलाञ्चलमा आज चौरचन पर्व मनाइँदै, चन्द्रमाको पूजा गरिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
844
Shares
जलेश्वर (महोत्तरी)। श्रद्धा र आस्थाको पर्व मानिने चौरचन आज मिथिला क्षेत्रमा मनाइँदैछ। यस पर्वमा महिलाहरूले दिनभर निराहार व्रत बसी राति चन्द्रमाको पूजाआजा गर्ने चलन छ।
संस्कृतिविद्हरूका अनुसार, यस पर्वलाई कतिपय ठाउँमा 'चौठचन्द्र' पनि भनिन्छ। यो पर्व पारिवारिक जमघट र आपसी सम्बन्धलाई बलियो बनाउने माध्यमका रूपमा रहेको संस्कृतिविद् ध्रुव रायले बताएका छन्।
व्रतालुहरूले राति चन्द्रमाको पूजा गरेपछि मात्र अन्न र जल ग्रहण गर्छन्। पूजामा विभिन्न प्रकारका फलफूल, मिठाई, दही, पुरी, र खीर चढाउने गरिन्छ। पूजा सम्पन्न भएपछि घरका सबै सदस्यहरूले चन्द्रमाको दर्शन गरी आँगनमै बसेर पुरी, खीर र दही खाने चलन रहेको जलेश्वरकी व्रतालु राजवतीदेवीले बताएकी छन्।