arrow

भाद्र शुक्ल चतुर्थी

आज गणेश चतुर्थी

गणेश मन्दिरमा भक्तजनको घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
lord-ganesh.jpg

काठमाडौं। आज देशभर अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको जन्मोत्सव, गणेश चतुर्थी पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाउने गरिन्छ।

शास्त्रीय मान्यताअनुसार, सत्ययुगमा यसै दिन भगवान् गणेशको जन्म भएको थियो। यस अवसरमा काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरहरूमा विशेष पूजापाठ गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, गणेशलाई जुनसुकै धार्मिक कार्यमा अग्रपूजाको अधिकार प्राप्त छ। गणेश पुराणमा उल्लेख भएअनुसार, तीजको व्रत पारायण गरेपछि चतुर्थीका दिन जीवनमा आइपर्ने विघ्नबाधाबाट मुक्ति पाउनका लागि गणेश पूजा गर्ने चलन छ।

यस दिन केही मानिसहरूले व्रतसमेत बस्ने गर्छन्। नेवार समुदायमा भने बालबालिकालाई ‘छुस्यामुस्या’ (चिउरा, गेडागुडी आदि) बाँड्ने चलन पनि छ। वि.सं. २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएकोले यसलाई धर्मसभाको स्थापना दिवसका रूपमा पनि मनाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ